काठमाडाैं ।। कोभिड १९ नेपालमा आउन नदिन सरकारले आजदेखि अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको छ । यस्तै आजदेखि अत्याआवश्यक बाहेक सबै निजि तथा सरकारी कार्यालय पनि २१ गतेसम्म बन्द हुने भएको छ । लामो दुरीका सार्वजनिक यातायात सेवा भने भोलीबाट मात्रै बन्द हुने छ । ट्राफिक प्रहरीका अनुसार दुईसय ५० किलोमिटर सम्मका दूरीमा सवारीसाधन चल्नेछ भने त्यो बढिका (लामो दूरीका) सवारी साधन चल्नेछैन । नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीबाट नेपाल आइपुगेका ६३ जना नेपालीलाई भक्तपुरस्थित खरिपाटी क्यारेन्टाइनमा राखिएको छ । अध्यागमन विभागमा हिजो बिहानदेखी दिउँसो सम्म आएका ६३ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै खरिपाटी क्वारेन्टाइन लगिएको अध्यागमन विभागले जनाएको छ । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा १४ दिन राखिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो । दुबई कतार लगायतका देशमा रहेका नेपाली अन्यत्र ट्रान्जिट बनाएर आएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here