रौतहट ।। ईन्सपेक्टर प्रशान्त बल्ल श्रेष्टको मन छुने कहानी सामाजिक संजालमा निकै भाईरहल बनेको छ ।हरेक आपत विपतमा आफ्नो ज्यान भन्दा अरुको ज्यान जोगाउनमा तत्पर हुने नेपाल प्रहरीको कर्तव्य वारे लेखेका एउटा सानो कहानी सामाजिक संजालमा निकै भाईरल भै सवैको मन छोई रहेको हो ।
नेपाल प्रहरी बारा जिल्लामा कार्यरत रहेको प्रहरी निरिक्षक (ईन्सपेक्टर) प्रशान्त बल्ल श्रेष्ठले आफ्नो फेसबुक वालमा लेख्दै नेपाल प्रहरी कार्यको व्यख्या गर्नु भएको छ । उसलाई न हावाहरी, न त घामपानी, न नेपाल बन्द, न त कोरोना ले नै छुन्दैन्। जस्ता बहुमुल्य शब्दले सवैको मन छोएको छ ।
श्रेष्ठ एउटा ईमान्दार, कमर्ठ र साहसी नेपाल प्रहरीका ईन्सपेक्टर हुन । सच्चिकै, नेपाल प्रहरीले सवै आपत विपतमा आम नागरिकलाई ज्यूज्यानको सुरक्षा गर्दै आएको हामी विच सर्वविदित नै छ त्यसैले हामीले नेपाल प्रहरीलाई सलाम गर्नु नै पर्छ ।
