दिल्लि ।। भारतको दिल्लीमा सन् २०१२ मा भएको सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चारै जना दोषीलाई आज फासी दिइएको छ । उनीहरूलाई आज बिहानै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान साढे ५ बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो । लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए । हत्यारालाई मृत्युदण्ड दिइएपछि निर्भयाका आमा बुबाले धन्यवाद दिनुभएको छ । मृत्युदण्डको भारतीय महिला आयोगका सदस्य लगाएत धेरै व्यक्तिहरूले स्वागत गरेका छन् । दोषी ठहरिएका ती चार पुरुषले क्षमादानको लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरिदिएका थिए । २३ वर्षका निर्भया नाम दिइएकी ती युवतिमाथि सात वर्षअघि भएको हिंसात्मक आक्रमणको विरोधमा भारतभरि प्रदर्शनकहरू भएको थियो । त्यसपछि भारतमा बलात्कार रोकथाम गर्ने कानुन कडा तुल्याउँदै सजायपनि बढाइएको छ ।
निर्भया घटनाः चारै जना दोषीलाई फासी दिइयो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।