काठमाडाैं ।। सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले वैशाख तीन गतेसम्मका लागि कोरोना भाइरस प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साथै खाडी क्षेत्र, युरोपका सबै मुलुक, इरान, टर्की, दक्षिण कोरिया, जापान ट्रान्जिट भई आउने सबैलाई पनि वैशाख तीन गतेसम्मका लागि प्रतिबन्ध लगाइएको छ । आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गर्ने पनि समितिको बैठकले निर्णय गरेको छ । त्यस्तै सरकारले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ । विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ । यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिको निर्णयमा उल्लेछ । साथै यससम्बन्धमा प्रदेश र स्थानीय सरकारलाई पनि अनुगमन गर्न संघीय सरकारले निर्णय गरेको छ । आज बसेको समितिको बैठकले सिनेमा हल, साँस्कृतिक केन्द्र, रंगशाला, जिम, हेल्थ क्लब, स्विमिङ पुल, डान्सबार तथा क्लबलाई पनि वैशाख १८ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।