काठमाडाैं ।। सत्तारुढ नेकपा सचिवालयको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको भेटवार्तापछि आजका लागि सचिवालय बैठक बोलाइएको हो । अपरान्ह चार बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । आज बस्ने सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम, एमसीसी कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णयबारे छलफल हुन सक्ने सचिवालयले जनाएको हो । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणपछि ओली सरकारी निवास बालुवाटारमै आराम गरिरहनुभएको छ । फागुन १९ मा अस्पताल भर्ना हुनुभएका ओलीको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । ओली डिस्चार्ज भएको भोलिपल्ट अध्यक्ष दाहाल स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुग्नुभएको थियो । त्यसैदिन नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेललगायतले पनि ओलीलाई भेट्नुभएको थियो । यसअघि फागुन १४ को सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभा पठाउन सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । तर, निर्णय गरेको केही घण्टा बित्न नपाउँदै प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताएपछि नेकपामा विवाद बढेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here