रौतहट ।। विश्व भरी फैलिएर महामारीको रूप लिएका प्राणघातक सरुवा रोग कोरोना भाइरसको संत्रासबाट आम नागरिक त्रसित भए पछि सहर बाजारमा मानिसको उपस्थति न्यून हुदै गएको छ ।
भाइरसको त्रासले एक अर्का सित हाथ मिलाउनु , बस्न , कुरा गर्न , सामूहिक रुपमा छलफल गर्ने कार्य समेत गर्न डराउनु पर्ने बाध्यता भइसकेको छ । केन्द्र , प्रदेश र स्थानीय सरकार भाइरसको संक्रमण फैलन नदिन विभिन्न किसिमका सावधानी अपनाउनु पर्ने सचेतना मूलक सुचना सन्देश प्रबाह गरिरहेका छन ।
कोरोनाको प्रकोपले संत्रासको माहौल बनिसकेको अवस्थामा सरसफाई तर्फ संघीय र प्रदेश सरकारले बढ़ी तदरूकताको साथ कार्य बढाउनु पर्ने स्थानीयहरुको भनाइ रहेको छ । रौतहटमा रहेका १८ स्थानीय तह मध्ये सवाई भन्दा बाढि़ गौर नगरपालिका संक्रमणको जोखिम न्यूनीकरण गर्ने तर्फ अग्रसर भएर कार्य गरिरहेको छ ।
अन्य स्थानीय तहहरु पनि जनचेतना मूलक कार्यक्रम बढाउने तयारी समेत गरेको छ भने केहिले कार्य अगाडी बढाएको पनि छ । गौर नगरपालिकाका नगर प्रमुख नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको निर्देशन लगतै नगर स्तरीय समन्वय समिति गठन गरी वड़ा स्तरीय समिति गठन गर्ने प्रक्रिया अगाडी बढाइसकेको मेयर अजय कुमार गुप्ताले बताएका छन ।
नगर पालिकाले नेपाल भारत सिमामा स्वास्थ्य परिक्षणको लागि हेल्प डेस्क स्थापना गरी सकेको छ । बाजार क्षेत्र लगायत ग्रामीण क्षेत्रमा लाम्खुट्टे नियंत्रणको लागि औषधि छिड़काव गर्ने कार्य तीव्र बनाइएको छ । तीन चरणमा औषधि छिड़काव को कार्य भई रहेको मेयर गुप्ताले बताए ।
विद्यालयहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेर जानकारीमूलक सन्देश प्रवाह गर्ने कार्य जारी रहेको बताउँदै कोरोनाको प्रकोपबाट सुरक्षित हुनको लागि सावधानी अपनाउन सवैमा आग्रह गरेका छन । राजदेवी नगरपालिकाका नगर प्रमुख धीरेन्द्र कुमार सिंहले भाइरसको प्रकोप न्यूनीकरणको लागि स्वास्थ्यकर्मी हरुलाई परिचालन समेत गरिएको बताएका छन । नगरपालिका भित्रमा सरसफाई प्रति सचेत भएर कार्य गर्न गंभीर भएको बताउँदै मेयर सिंह ले सजगता अपनाउन सवैमा अपील गरे ।
गरुडा नगरपालिका , कटहरिया नगरपालिका , माधव नारायण नगरपालिका , राजपुर नगरपालिका ले भाइरसबाट बाच्न सकिने विधि ,सुरक्षित हुन अपनाउनु पर्ने तरीका बारे जनचेतना मूलक कार्यक्रम प्रचार प्रसार गर्न शुरू गरी सकेका हुन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here