बारा ।। बिश्वब्यापी महामारीका रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाईरसबाट बच्न बाराका स्थानीय तहहरुले बिशेष सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति प्रमुख नवलकिशोर साहको अध्यक्षतामा आदर्शकोतबाल गाउँपालिकामा सम्पन्न जिल्ला समन्वय समितिको छैठौँ बैठकमा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले यस्तो निर्णय गरेका हुन् । छिमेकी मुलुक भारतमा समेत कोरोना भाईरसको संक्रमण देखा परिसकेको अवस्थामा भारतसँग खुला सिमाना जोडिएको बारामा समेत संक्रमणको जोखिम उच्च हुने भएकाले समयमै सचेतना अपनाउने निर्णय भएको बैठकमा सहभागी जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । बिशेषगरी भारतसँग सिमाना जोडिएका पालिकाहरुलाई उच्च सावधानी अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताउनुभयो । जिल्लाको कलैया उपमहानगरपालिका, पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, बिश्रामपुर, देवताल र सुवर्ण गाउँपालिका गरी ६ स्थानीय तहहरु भारतसँगको खुला सिमानाले जोडिएका छन् । त्यसैगरी सिमरा विमानस्थलमा राखिएको हेल्प डेस्कलाई थप प्रभावकारी बनाउँदै भिडभाड हुने अन्य स्थानहरुमा पनि आवश्यकता अनुसार हेल्प डेस्क सञ्चालन गर्ने निर्णय बैठकले गरेको निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले जानकारी दिनुभयो । बोर्डर क्षेत्र, बसपार्क, औद्योगीक क्षेत्र लगायतका भिडभाड हुने स्थानहरुमा सम्बन्धीत पालिकाले हेल्प डेस्क राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।
Home प्रदेश समाचार मधेश प्रदेश कोरोना भाईरसबाट बच्न बाराका स्थानीय तहहरुले बिशेष सचेतना अभियान सञ्चालन गर्ने
कोरोना भाईरसबाट बच्न बाराका स्थानीय तहहरुले बिशेष सचेतना अभियान सञ्चालन गर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।