काठमाडौं ।। पूर्वमिस नेपाल उषा खड्गा र उनका श्रीमान जीपी तिमिल्सिनाले वैवाहिक जीवन टुङ्ग्याएकी छन्। उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट अलग भएको बताएकी छिन् ।। खड्गीले १७ वर्ष लामो सम्बन्धलाई टुंग्याउने निर्णय गरेका हुन् । उषाले सन् २००० मा मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए । त्यही समयमा एक अर्काको २ वर्ष लामो प्रेम सम्बन्धमा रहेर करिब १५ वर्ष अगाडि बिहे गरेका थिए ।उषाले आफ्नो आधिकारिक फेसबूकमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘यदि तपाईं बिहेको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन आधार छैन, अब म ‘नो’ भन्छु ।’ उनले अब सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन् ।
केही समययता देखी नै सम्बन्धमा दरार आएको भएपनि खड्गी र तिमिल्सिना दुवैले नकार्दै आएका थिए । जिपी र उषाले प्रेमविवाह गरेका थिए ।
पूर्वमिस नेपाल उषा खड्गीले गरिन् ‘डिभोर्स’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।