रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकाले नगर क्षेत्र भित्रमा भीड़ जम्मा हुने गरी औपचारिक तथा अनौपचारिक सार्वजानिक कार्यक्रम नगर्न प्रतिवन्ध लगाएको छ ।
नेपाल सरकार तथा प्रदेश सरकारले विश्व भरी फैलिएको नोबेल कोरोना भाइरसको संत्रासको मध्यनजर गर्दै कुनै सभा सम्मलेन सेमिनार गोष्ठी लगायतका कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि गौर नगरपालिकाका नगर प्रमुखले उक्त सन्देश जारी गरेको हो । मेयर गुप्ताले संभावित संक्रमणबाट बाच्नको लागि यस्तो निर्देशन दिएको हुन ।
चीनबाट फैलिएको उक्त भाइरसको कारण सयौँ जनाको मृत्यु हुनुको साथै हजारौ जना संक्रमित भएकोले रोकथामको लागि सभा सम्मलेन ,गोष्ठी ,पर्व ,महोत्सव लगायतका कार्यक्रम आयोजना नगरी दिन अपील गरेको छ ! विहिवार प्रेस विज्ञप्ति जारी गर्दै मेयर गुप्ताले स्वाशप्रस्वासमा अत्याधिक समस्या देखा पर्नु, रुघा खोकी ,घाटी ,टाउको ,जिउ दुख्नु जस्ता लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य सस्थामा सम्पर्क गर्न सवैमा अपील गरेका छन ।
विज्ञप्तिमा कोरोना भाइरसको संक्रमणलाइ दृस्टिगत गरी संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामको लागि सजगता अपनाउनका लागि कुनै पनि सार्वजानिक कार्यक्रम आयोजना नगर्न गराउन अनुरोध गरिएको उल्लेख रहेको छ ।
