करन कुमार मिश्र , रौतहट ।।प्रदेश २ सरकारको महत्वाकांक्षी योजना बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा अभियान अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम रौतहटको बृन्दावन नगरपालिकामा आज देखी शुरु भएको छ। नगरपालिकाको उप-प्रमुख नुरजहा खातुनले आज नगरपालिको प्राङ्गणमा आयोजित एक कार्यक्रमबिच नगरमा छोरी शिक्षा बिमा शिविरको उद्घघाटन गर्नु भएकी छीन। राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा उपमेयर खातुनकाे अध्यक्षता रहेको थियोे । कार्यक्रम काे संचालन रमेश यादवले गरेका थिए भने कार्यक्रम काे समापन उपमेयर खातुनले गरेकि थिईन् । बृन्दाबन नपाकाे प्रांगणमा पहिलो दिन शिविर राखिएको थियो जसमा ६० जना छाेरी हरूकाे विमा गरिएको बेटि पढाउ ,बेटी बचाउ अभियान राैतहटका संयाेजक कृष्णा साहले जानकारी गराए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएकाे थियाे । बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ । सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएकाे छ । साे रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएकाे छ । भाेली फागुन १८ गते वाड नम्बर ४,५काे लागि हर्दिया वडा कार्यालयमा र फागुन १९ गते वडा नम्बर ६ , ७,८ र ९ काे शिविर वडा कार्यालय सखुअवा धमाैरामा शिविर संचालन हुने बृन्दावन नपाका स्वास्थ्य सह संयाेजक रामनरेश प्रसाद यादवले जानकारी गराए । यस अवसरमा वडा नम्बर २ का वडाध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर राय यादव लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो । वृन्दाबन नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छाेरीहरूकाे घरमा सुबिसु द्वारा तीन महिनाकाे लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएकाे थियो । बिमा शिविरमा बालिकाहरूकाे लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here