काठमाडाैं ।।

कालो हुने कारण

 अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा सीधै पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि यसमा समस्या निम्त्याउँछ । 

कफीको अत्यधिक सेवनले समस्या निम्याउन सक्छ । सस्तो र कम गुणस्तरीय कृत्रिम सामग्रीको प्रयोग कम गर्नुहोस् । डेटएक्सपायर भएका लिपस्टिकको प्रयोगले पनि समस्या सिर्जना गरेको हुन सक्छ । 

राति सुत्नुअघि मेकअप नहटाउने बानीले पनि ओठको रङमा बदलाव आउँछ । प्रदूषण तथा घामको विकिरणका कारण पनि ओठ कालो हुन सक्छ । 

मानिसको सौन्दर्यमा ओठको चमकले ठूलो भूमिका खेल्छ । बढ्दो उमेर, प्रदूषण र विभिन्न कारणले ओठको रङ फिक्का भइरहेको हुन्छ । केही घरेलु विधि अपनाएर प्राकृतिक चमक ओठमा फर्काउन सकिन्छ । 

समाधानका घरेलु उपाय 

 सुत्नुअघि कागतीको रस ओठमा लगाउनुस् । एकदेखि दुई महिनासम्म यो नियमित गर्न सकिन्छ । यससँगै एक चिम्टी चिनी वा अलिकति मह ओठमा छर्किनुहोस् र कागतीको टुक्रा ओठमा दल्नुहोस् । यसले ओठको पुराना र काम नलाग्ने कोषलाई ताजा र चम्किलो बनाइदिन्छ । 

 चुकन्दरमा भएको सेतो तत्वले तपाईंको ओठ चम्किलो बनाउँछ । सुत्नुअघि चुकन्दर लगाउने र बिहान सफा गर्ने गर्नुपर्छ । चुकन्दरको रातो रङले ओठलाई गुलाबी बनाइदिन्छ । 

 ओठमा भएका पुराना कोशिका, जसले तपाईंको ओठलाई कालो बनाएको छ, तिनलाई हटाउन हप्तामा एकपटक ब्रसले बिस्तारै घोट्नु राम्रो हुन्छ । तर, ओठमा घाउ हुने गरी घोट्नुहुँदैन । 

 ओठबाहिर सामान्य रगड्दा बिस्तारै पुराना कोषिका हटेर नयाँ आउँछन्, तपाईंको ओठको सौन्दर्य बढ्छ । जैतुनको तेल केही थोपा र एक चम्चा चिनी मिसाएर ओठमा लेपन गरी रगड्दा पनि राम्रो हुन्छ ।

 ओठमा घिउकुमारी लगाएमा पनि चमक बिस्तारै फर्कन सक्छ । त्यस्तै, दूध र बेसार मिसाएर लगाउँदासमेत राम्रो हुन्छ ।

श्राेत ः नयाँ पत्रिका

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here