काठमाडाैं ।। इरानका स्वास्थ्य उपमन्त्रीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य उपमन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन् । मन्त्रालयका प्रवक्ताका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई क्वारेन्टाइनमा राखिएको छ । इरानको कोम सहरममा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण हालसम्म ५० जनाको मृत्यु भइसकेको छ । तर, मृतकको सङ्ख्या अझ बढ्न सक्ने इरान सरकारले जनाएको छ । यस्तै राजधानी तेहरानमा पनि कोरोना भाइरसबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ । उनीहरुलाई आइसोलेशन वार्डमा राखिएको छ । इरानको एउटा पवित्र धार्मिक स्थलहरू रहेको सहरमा कोरोना भाइरसको संक्रमण बढी फैलिएको छ । यसैबीच इरानका सबै विद्यालयहरु बन्द गरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । इरानसँग जोडिएका नाका, इरानकै विभिन्न सहरहरुमा मानिसहरुलाई आवतजावतमा पनि कडाइ गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here