काठमाडाैं ।। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, पार्टीले चलाउने अभियानका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता र पूर्वमन्त्री गोकुल बाँस्कोटाको ‘कमिसन बार्गेनिङ’ प्रकरणमा छलफल हुने बताइएको छ । यस्तै बामदेव गौतमको इच्छाबमोजिम राष्ट्रियसभा सदस्य बनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संसोधन गर्न कार्यदल घोषणापछि भएको नेकपाको चर्को आलोचनाका विषयमा पनि बैठकमा छलफल र समिक्षा हुनेछ । बैठकमा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदलले दिएको एमसीसीको पूर्ण अध्ययन गरिसकेकाले त्यसबारे आफ्नो धारणा राख्नुहुनेछ । गत फागुन ९ गते झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यादलले करिब २० दिन लगाएर एमसीसीको निष्कर्षसहित प्रतिवेदन मस्यौदा तयार पारेर बुझाएको थियो ।
नेकपाको सचिवालय बैठक आज बस्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।