काठमाडौं ।। नयाँ वर्षको अवसरमा प्रदर्शन हुने चलचित्र ‘प्रेम गित–३’ चैत २८ गते दर्शकमाझ रिलिजमा आउँदै छ । ‘प्रेम गित–३ को टाइटल गति ‘हर युग होस् प्रेमको गीत लिरिक भिडियो ओएसआर डिजिटलमार्फत शुक्रबार दिउँसो सार्वजनिक भएको छ । स्टार प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रको शिर्ष गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ ।
एलिश कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा गोपाल रसाईली र शैलेन्द्र एम प्रधानको संगीत संयोजन रहेको छ ।
प्रेम कथामा आधारित यो चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत, राज थापासहितको कलाकार शिर्ष भूमिकामा छन् ।
प्रेमगीत ३ लाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त निर्देशन गरेका हुन् । जसमा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्ध निर्देशन, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन, कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ । यो चलचित्र युरोपको बेलायतसँगै युरोपकै आठ मुलुक, अमेरिका र क्यानडा बिक्री भईसकेको छ ।
यो चलचित्रको ४० प्रतिशत काठमाडौं र अन्य सम्पुर्ण दृश्य मनाङमा खिचिएको हो । यसको शिर्ष गीत भने केहि हप्तामै खिचिने निर्माण पक्षले जनाएको छ ।
‘प्रेम गित–३ को टाइटल गति सार्वजनिक
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।