काठमाडाैं ।। शेर्पा समुदायका नागरिकले आज ग्याल्पो ल्होसार मनाँउदै छन् । ल्हो भनेको वर्ष र छार भनेको नयाँ हुन्छ । नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एकमहिना अघि नै आआफ्नो घर रङ्ग्याउने, सरसफाइ गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकुु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउँछन् । विशेष गरी शेर्पा समुदायका नागरिकले आजको दिन नयाँ लुगा लगाउने र पानीका मुहानहरूमा गएर नाग देवताको पुजा गर्ने चलन छ । पुजा गरेपछि त्यहाँबाट ल्याइएको पानीले घरका कुलदेवतालाई चढाउने गरिन्छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here