रौतहट ।। रौतहटका बज्जिका पत्रकारहरुले मातृभाषा दिवस मनाएका छन् । जिल्लामा क्रियाशील बज्जिका भाषाका पत्रकारहरुले गरुडामा कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनको प्रमुख आतिथ्यमा गरेको एक भेलामा बज्जिका भाषा, साहित्य तथा पत्रकारिता क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले भाषाको विकासमा पत्रकारको भूमिकाबारे प्रकाश पारेका थिए ।
उपमेयर खातुन, बज्जिका भाषा विकास परिषद् नेपालका अध्यक्ष शिवचन्द्र साह, उपाध्यक्ष लालबाबु साह, नेपाल सुनचाँदी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामजी साह, बज्जिका प्रचारप्रसार समितिका सचिव बिन्दा सहनी, बज्जिका प्रशिक्षक विपिनबिहारी सिंह, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष श्याम सहनी चन्द्रांशु, नेपाल ट्रेड युनियन गरुडाकी इन्द्रमाला जयसवाल, समाजसेवी नसरुदिन अन्सारी, नेक महम्मद हुसैनलगायतले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषाको विकासमा आफूहरुले सक्दो सहयोग गर्ने बताएका छन् । पत्रकार राजुकुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय मित्रले मातृभाषा दिवसको आवश्यकता र औचित्यबारे प्रकाश पार्दै बज्जिका भाषाको इतिहासको बारेमा पनि प्रकाश पारेका थिए । कार्यक्रमको संचालन शिवचन्द्र साहले गरेका थिए । बज्जिका पत्रकार भेलाको कटहरिया नपाकि उपमेयर खातुन र सुन चाँदी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष रामजी साहले संयुत रुपमा दिप प्रज्जवलन गरि उदघाटन गरेका थिए । भेलाले श्रीवास्तवको अध्यक्षतामा बज्जिका पत्रकार समाज नामक संस्थाको गठन गरेको छ । नवगठित संस्थामा रुपेन्द्र पटेल वरिष्ठ उपाध्यक्ष, प्रदीप दास उपाध्यक्ष, वीणा श्रीवास्तव महिला उपाध्यक्ष, सागर ठाकुर सचिव, गुडु यादव सहसचिव र राम प्रवेश बैठा कोषाध्यक्ष तथा रमेशकुमार यादव र रंजिशकुमार पासवान सदस्यमा चयन भएका छन् । समाजलाई जिल्ला प्रशासन कार्यालय रौतहटमा दर्ता गराउने विधान बनाउनको लागि कृष्णा तिवारीको संयोजकत्वमा गठित विधान निर्माणमा शम्भु दास तत्मा, सुबासकुमार मिश्रा, शिवचन्द्र साह सदस्य र ओमप्रकाश यादव सदस्य सचिव रहेका छन् । संस्थाको सल्लाहकारमा संजयकुमार मिश्र, नेक महम्मद हुसैन तथा रविन्द्र साहलाई चयन गरिएको अध्यक्ष श्रीवास्तवले बताएका छन् । नवगठित संस्थालाई अत्यधिक सक्रिय बनाउने प्रतिबद्धता श्रीवास्तवले व्यक्त गरेका छन् ।
श्रीवास्तवकाे अध्यक्षतामा बज्जिका पत्रकार समाज रौतहट गठन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।