काठमाडाैं ।। प्रजातन्त्र दिवसको अवसरमा ३ सय २९ कैदीको बाँकी कैद मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको बाँकी कैद मिनाहा गर्नुभएको हो । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा आजदेखि लागू हुने गरी कैदीको कैद मिनाहा गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्नुभएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here