रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकाकाे हरेक वार्डमा अव स्वास्थ्य चाैकी स्थापना हुने भएकाे छ । हरेक वार्डमा स्वास्थय चाैकीकाे स्थापना गर्ने उदेश्यले गाैर नपा वड़ा नम्बर ४ मा निर्माण हुने स्वास्थ भवनको शुक्रवार नगर प्रमुख अजय कुमार गुप्ताले शिलान्यास गर्नु भएकाे छ ।
स्वास्थ्यको सेवा सहज सुलभ ढङ्गबाट जनताले पाओस भने उदेश्यले प्रत्येक वड़ामा स्वास्थ्यको भवन स्थापना गर्ने कार्यक्रम अनुसार स्वास्थ्य भवनको निर्माण कार्य थालनी गरिएको हो ।
४२ लाखको लागतमा निर्माण हुने सो भवनको नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले शिलान्यास गरेका हुन । यस अघि मेयर गुप्ता ले वड़ा नम्बर २ मा निर्माण गरिने प्रहरी चौकी कार्यालयको भवनको शिलान्यास गरेका थिए । विकास निर्माणमा सक्रीय रहेका मेयर गुप्ताले आफ्नो नगरपालिकामा पूर्वाधारको विकास क्रमलाइ तीव्रता बनाएका छन ।
शिलान्यास कार्यक्रममा वड़ा अध्यक्ष सहित स्थानीयहरुको उपस्थति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here