काठमाडौं ।। नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपयाँको भ्रष्टचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ । सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको भन्दै बैठक अघि बढ्न नदिने घोषणा गरिन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।