रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकामा आयोजना गरिएको छोरी शिक्षा बीमा शिविरमा २ सय ५३ जना छोरीको बीमा गरिएकोछ । २०७५ साल माघ १ गतेपछि जन्मेका छोरीहरुका लागि आइतबारदेखि शिविरको आयोजना गरिएको थियो । प्रदेश २ सरकारको महत्वकांक्षी योजना ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम माधवनारयण नगरपालिकामा पनि सञ्चालन भएको थियो । तीनदिन सम्म सञ्चालन भएको शिविर वडा नं. २ खेसरहिया, वडा नं. ४ मिठुअवा र वडा नं. ६ माधोपुर गरी तीन ठाउँमा आयोजना गरिएको थियो । शिविरको अन्तिम दिन माधोपुर वडा कार्यालयमा हिजो आयोजित छोरी शिक्षा बीमा शिविरमा एक सय जना छोरीको शिक्षा बीमा गरिएको हो । छोरी शिक्षा बीमा कार्यक्रमको रौतहट जिल्ला संयोजक सोभा देवीले प्रचार प्रसारको अभावमा धेरैलाई जानकारी नहुँदा अपेक्षा गरिए अनुसार अभिभावकहरु उपस्थित हुन नसकेको बताउनुभयो ।
छोरी शिक्षा बीमा शिविरमा २ सय ५३ जना छोरीको बीमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।