काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पश्चिमी र पूर्वी पहाडी भूभागमा आशिंक बदली रहेको छ । आज दिउँसो पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निकाले मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ । भोली दिउँसो देशभका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । भोली राति देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी पहाडि भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ । देशको पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here