काठमाडाैं ।। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी समिति र सचिवालयमा विधान बमोजिम महिलाको उपस्थिति ३३ प्रतिशत पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ । नेकपाको आज सम्पन्न केन्द्रीय कमिटी बैठकमा १५ वटा समूहबाट उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष दाहालले पार्टी कमिटीमा महिलाको उपस्थिति ३३ प्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले बैठकमा केन्द्रीय सदस्यबाट आएका आलोचनालाई स्वीकार गर्दै भविष्यमा पार्टीमा आलोचना आउन नदिने र कार्यकर्ताको कुरा सुनेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिनुभयो । नेकपामा अहिले नौ सदस्सीय सचिवालमा एक जना पनि महिला छैनन् । ४४ जनाको स्थायी समितिमा दुई जना मात्रै महिला छन् । बैठकमा तल्लो तहका समितिमा बहुपद राख्नुपर्ने माग उठेको पनि राईले जानकारी दिनुभयो । यसैबीच नेकपा केन्द्रीय कमिटीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताउनुभएको हो । उहाँले अव छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिनुभयो । प्रधानमन्त्री एवं नेकपा अध्यक्षले सांसदका लागि रात्रिभोज आयोजना गर्नुभएको छ । आज रात्रिभोजका लागि नेकपाले आफ्ना सांसदलाई मोबाइलमार्फत सन्देश पठाएको हो । भोजका लागि सांसदलाई साँझ ६ बजे बालुवाटार पुग्न भनिएको छ । नेकपा सांसदबीच एमसीसी संसद्बाट अनुमोदन गर्न हुने र नहुने विषयमा मतान्तर छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here