जुम्ला ।। जुम्लाको तातोपानी गाउँपाालिका वडा नम्वर ७ सर्मिमा निर्माण भएको ग्रामिण कृषि सडकको विषयलाई लिएर विवाद चुलिएको छ । सहमति बिनै रातारात डोजर चलाएको र विरोध गर्दा जनप्रतिनिधिले धम्की दिएको सर्मिका स्थानीयले गुनासो गरेका छन् । स्थानीयले आफूहरूसँग छलफल नगरि सडक खनिएको भन्दै बिरोध गरेका छन् । स्थानीयले सडक खन्ने क्रममा मार्सी फल्ने धान खेत नासिने भन्दै सडकमार्ग परिवर्तन गर्न माग गरेका छन् । तातोपानी ७ सर्मिका बमबहादुर रावल आफूहरूको असहमति हुँदाहुँदै पनि जबर्जस्ती डोजर चलाइएको बताउनुहुन्छ । कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको कुल २० लाख बजेटले ४ सय ८० मिटर सडक खन्ने सम्झौता राँका तरापी सर्मि ग्रामिण कृषि सडक उपभोक्ता समितिले कृषि विकास कार्यालयसँग गरिसकेको छ । यो सडकको दूरीमा ११ जनाको जमिन पर्दछ । खेत मासेर सडक बनाउनु विकासको नाममा विनाश भएको स्थानीय विमला डाँगिको दाबी छ । सडक खन्न थालिएको क्षेत्रमा झण्डै २० हजार बर्ग मिटर जमिन छ । जसबाट बार्षिक लगभग २० क्वीन्टल मार्सि धान उत्पादन हुन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा पनि जग्गा धनिको सहमति विना सडक निर्माण गर्न नपाईने बताउनुहुन्छ । गाउँपालिकाका उपाध्यक्षको डोजरबाट बाटो खनिएको छ । स्थानीयले एकतर्फि रुपमा बाटो खन्नुमा उपाध्यक्षको हात भएको आरोप लगाएका छन् । तर उपाध्यक्ष गंगादेवि उपाध्याय यसलाई अस्वीकार गर्नुहुन्छ । सर्मिका नागरिकले विकासको नभइ आफूखुसी सडक खनेकोमा बिरोध गरेको बताएका छन् । उनीहरूले क्षतिपूर्तिको माग समेत गरेका छन् ।
विकासको नाममा विनाश गरिएको भन्दै स्थानीयको गुनासो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।