जनकपुर ।। प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गतको छोरी शिक्षा विमाको रकम ३ लाख पुर्याएको छ । 

२०७५ माघ १ पछि जन्मेका छोरीहरुको १ लाखको शिक्षा विमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई तीन लाख पुर्याएको छ । 

सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएकी छोरीहरुले अव ३ लाख पाउने घोषणा गरे । पत्रकार सम्मेलनमा उनले भने , प्रदेशमा जन्मिने छोरीहरु अब लखपति होइन कम्तीमा तीन लखिया भएकी छिन् ।’

स्थानीय सरकारहरुलाई समेत यस अभियानमा सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने, हामी अहिलेलाई तीनलाख पुर्याएका छौ, स्थानीय सरकारले सहयोग गर्यो भने यो रकम लाई २० वर्षमा २० लाख पुर्याउने लक्ष्य लिएका छौ ।
छोरी शिक्षा विमा अन्तर्गत हाल सम्म करिब १५ हजार विमा प्रदेश सरकारले गरिसकेको छ । विमा गराइ सकेका छोरीहरुले समेत यो सुविधा पाउने भएकी छिन् । 

यसका साथै मुख्यमन्त्री राउतले अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखी ८ सम्मका छात्राहरुलाई प्रति महिना पाँच सय दिने आफुहरुको योजना रहेको र यसै आर्थिक वर्ष देखी पाइलट प्रोजेक्टको रुपमा सुरु गरिने जानकारी समेत गराए ।
मुख्यमन्त्री राउतले जनकपुर स्थित प्रादेशिक अस्पताललाई आर्युविज्ञान प्रतिष्ठानमा रुपान्तरण गरिने प्रक्रिया समेत सरकारले सुरु गरिसकेको जानकारी दिए ।

आजै सम्पन्न मन्त्री परिषद्को बैठकले प्रादेशिक अस्पताललाई प्रदेश आर्युविज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । यसका साथै मन्त्री परिषद्ले मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुको दिर्घकालिन व्यवस्थापनका लागि मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय समेत गरेको छ ।

श्राेत ः मधेश वाणी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here