File Photo

रुपन्देही ।। रुपन्देहीमा बोराले किचेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले किच्दा भारत बिहारका ३० वर्षका सहजाद हुसेन, उनका श्रमती २८ वर्षका सद्धव खातुन, ६ वर्षका छोरा सुल्तान रजा र २ वर्षका छोरी सहिना खातुनको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो । घरको सटरभित्र तीन तर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर खस्दा सास फेर्न नसकेर निसास्सिएर मृत्यु भएको प्रहरीको जनाएको छ ।

प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५–२० बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्री वितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here