बारा ।। तत्कालीन सोभियत संघको सहयोगमा पर्सामा २०२१ सालमा स्थापना भएको वीरगन्ज सरकारी चिनी कारखाना १७ वर्षदेखि बन्द छ । चिनी मिलसँगै कैयौं किसानको उखु खेती पनि बन्द भयो ।
वीरगञ्जभन्दा करिब १७ किलोमिटर पर बाराको श्रीपुरमा निजी चिनी मिल जोडतोडले चलिरहेको छ । तर, उखु किसानको ‘खेती जीन्दगी’ भने कुन बेला कसरी बन्द हुने हो, उनीहरु नै अन्यौलमा छन् ।
गएको शनिबार, मध्य दिउँसो बाराको श्रीपुरमा रहेको रिलायन्स सुगर मिलमा पुग्दा बाक्लो चहलपहल थियो । आँखाले हेर्न भ्याउन्जेलसम्म उखु बोकेका ट्रक र ट्रयाक्टरहरुसँगै किसानहरु टाउकोमा हात राखेर पालो पर्खिरहेका थिए ।
एकपटक रोपेपछि वर्षभरी ढुक्क हुने र अर्को वर्ष पनि त्यसैबाट उत्पादन दिने हुनाले अन्य बाली भन्दा उखु खेती लगाउन किसान सजिलो मान्छन् । तर भनेको समयमा मूल्य नतोकिने, तोकिएको मूल्य पनि समयमा नपाइने कारण उखु किसानमा निराशा बढेको छ ।
लाइनबाट विस्तारै गुड्दै गाडी काँटा माथि बस्छ, उखु तौलिन्छ र मिलमा पठाइंदैछ । कम्प्यूटर एकनाशले उखु तौलिने प्रक्रियाहरु भनिरहेको छ । उखु तौलिसकेपछि वजन पनि कम्प्युटरले नै भनिदिन्छ । छेवैमा अनुदानको रकम लिन बाँकी किसानका लागि टाँसिएको सूचना पनि छ ।
पालो आइपुगेकाले होला अघिसम्म मलिन केही किसानको अनुहार एकाएक उज्यालिएको छ । उधारोमै मोलमोलाई गरेर बारीबाट तयार गरेका उखुको भारी मिलमा पुगेर हल्का भएको छ । तर, थाप्लोको भारी जोखेर हल्का पार्ने यन्त्र नहुँदा किसानको मन अझै भारी देखिन्छ ।
पर्साको जगतपुरका उखु किसान प्रमोद मुखिया विनले भन्नुभयो, ‘सबै कामका लागि खर्च लाग्छ । मलमा खर्च छ, खेती लगाउने बेला खर्च हुन्छ, जनाका लागि खर्च गर्नुप¥यो, लोडिङका लागि पैसा लाग्छ । ’
धान, गहँु र मसुरो भन्दा केही फाइदा होला कि भनेर किसानले उखु खेती गरेका छन् । तीन बाली लगाउँदा, भनेको समयमा जन पाइंदैन । एकपटक रोपेपछि वर्षभरी ढुक्क हुने र अर्को वर्ष पनि त्यसैबाट उत्पादन दिने हुनाले अन्य बाली भन्दा उखु खेती लगाउन किसान सजिलो मान्छन् ।
तर भनेको समयमा मूल्य नतोकिने, तोकिएको मूल्य पनि समयमा नपाइने कारण उखु किसानमा निराशा बढेको छ ।
अर्का किसान सकबुल मियाले भन्नुभयो, ‘एकसय १० रुपैयाँ क्वीन्टलको छिलाइ लिन्छ, ढुवानीमा सय रुपैयाँ क्वीन्टल, जमिन जोत्न उत्तिकै महङ्गो छ । मल, विउ, पानीको कुरा त अझै टाढाको । यि सबै नभइ खेती कसरी हुन्छ ? ’
उखु मिलमा, त्यसको ४५ दिनमा किसानको खातामा पैसा । नियम त छदैंछ । तर महिना, बर्ष उधारोमै बिताउँदा नगदको विटो बुझेर सुखका योजना बुन्नेहरु दुःखको भारीले थिचिन थालेका छन् ।
उखु मिलमा, त्यसको ४५ दिनमा किसानको खातामा पैसा । नियम त छदैंछ । तर महिना, बर्ष उधारोमै बिताउँदा नगदको विटो बुझेर सुखका योजना बुन्नेहरु दुःखको भारीले थिचिन थालेका छन् । गुलियो उखुको तितो कथा ओकल्दै खेती छाड्नेहरु पनि हरेक दिन थपिन थालेका छन् ।
बाराका अर्का उखु किसान दिपक कार्की भन्नुभयो, ‘सुरुमा उखु खेती गर्नुहोस् भन्न सबै आउँछन् । उखु लगायो, उखु लगाउने किसान धेरै भएपछि कसैले वास्ता गर्दैनन् । आफ्नै सामान बेच्नलाई दुनियाँलाई हजुर हजुर गर्नुपर्छ । ’
कार्कीले अझै अगाडी भन्नुभयो, ‘आफ्नो सम्पत्ति बेच्नु छ, दुनियाँलाई हजुर हजुर गर्नुपर्ने । त्यो कारणले गर्दाखेरि अब यो उखु नै हटाउने भनेर मैले उखु नै हटाएँ । हाम्रोतिर धेरैले छोड्नुभइसक्यो ।’
उखु खेतीका कारण कैयौं किसान ऋणमा परेका भन्दै कार्कीले सुनाउनुभयो, ‘उखु बाली लगाउनलाई ऋण निकाल्यो, अनि लगाइसकेपछि भोली यताबाट पैसा दिंदैन । अनि पैसा नदिइसकेपछि त्यसको ब्याजस्याज के के भन्दाभन्दै उल्टै आफ्नो जग्गा जाने सम्भावना हुन्छ । ’
बाराका ११ हजार र पर्साका त्यो भन्दा बढी किसानलाई ढिलो चाडो भुक्तानी मिलेकै छ । तर, दुईबर्ष अघि नै पाउनुपर्ने सरकारी अनुदानको १८ करोड अझै किसानको खल्तीमा परेको छैन । एक दिन त मिल्ला नि भन्ने आशै आशमा हिसाव कितावको कागज सम्हालेर राखेका छन्, किसानले ।
अहिले दैनिक ३० हजार क्वीन्टल उखु क्रसिङ गर्ने रिलायन्सले यस वर्ष ९ हजार बिगाह क्षेत्रफलको ३० लाख क्वीन्टल उखु क्रसिङ गर्दैछ । मिल चलेको एक महिनामा ७ लाख क्वीन्टल उखु क्रसिङ भइसकेको छ ।
अहिले दैनिक ३० हजार क्वीन्टल उखु क्रसिङ गर्ने रिलायन्सले यस वर्ष ९ हजार बिगाह क्षेत्रफलको ३० लाख क्वीन्टल उखु क्रसिङ गर्दैछ । मिल चलेको एक महिनामा ७ लाख क्वीन्टल उखु क्रसिङ भइसकेको छ ।
उधारोमा यो महिना उखु बेचेका बारा, पर्सा र रौतहटका केही क्षेत्रका किसानले बैशाखमा पैसा पाउने भनिएको छ । तर मिलका प्रवन्धक डिएन पाण्डे २० दिनमै भुक्तानी दिने दावी गर्नुहुन्छ ।
पाण्डेले भन्नुभयो, ‘हाम्रो यहाँ आजको मितिमा पुरानो पैसा कोही पनि किसानको एक पैसा पनि बक्यौता बाँकी छैन । २७/२८ किसान छन्, जसको खाता नम्बर मिलमा थिएन, उनीहरुलाई पनि हामीले सूचना गरिसकेका छौं कि खाता नम्बर दिनको लागि । त्यसपछि उनीहरुको खातामा पैसा जानेछ । सँगै तपाईलाई यो पनि भन्न चाहान्छु कि, हाम्रो नयाँ क्रशिङ सुरु भएको छ । नयाँ क्रशिङको पनि केही भुक्तानी हामीले दिइसकेका छौं ।’
भुक्तानीसँगै समयमा मल, बिउ नपाउनु, काम गर्ने जनशक्तिको अभाव, समयमा उखुको मूल्य नतोकिनु किसानले भोग्नुपर्ने मुख्य समस्या हुन् । लगाएको बिउ उन्नत नहुँदा सोंचेजस्तो उत्पादन छैन ।
भुक्तानीसँगै समयमा मल, बिउ नपाउनु, काम गर्ने जनशक्तिको अभाव, समयमा उखुको मूल्य नतोकिनु किसानले भोग्नुपर्ने मुख्य समस्या हुन् । लगाएको बिउ उन्नत नहुँदा सोंचेजस्तो उत्पादन छैन ।
तीन वर्षअघि उखु खेती हुने १८ जिल्लामा ५ लाख ५० हजार किसान उखु खेतीमा थिए । खेती गर्नेदेखि पैसा लिनेसम्मका पाइलैपिच्छेका झमेलाले तीनबर्षमै झण्डै ८० हजार घटेको उखु किसानका संस्थाहरुको दावी छ ।
४ वर्षमा चिनीमा आत्मनिर्भर बन्ने सरकारी योजनालाई उखु खेती छोड्दै गरेका किसानको संख्याले गिज्याइरहेको छ । श्राेत सीआईएन खवर