काठमाडौं ।। प्रहरीमाथी दुव्र्यवहार गरेको आरोपमा ‘अभद्र व्यवहार’को मुद्दा खेपेकी गायिका आस्था राउत छुट्टेकी छिन् । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । गायिका राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा काठमाडौं प्रहरी परिसरमा जोहरी परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुव्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजरी दिएकी थिइन । भने अस्थाविरुद्ध पक्राउ पुर्जी माघ ५ गते जारी भएको थियो । आस्थाले भने आफूमाथि पनि प्रहरीबाट दुर्व्यवहार भएको दाबी गर्दै आएकी थिइन् । आस्थाले झापा पुगेर सामाजिक सञ्जाल फेसबुकमा जाँचका क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ भन्दै गाली गरेकी थिइन् । प्रकरणमाथि अनुसन्धान सकेर प्रहरीले सोमबारै जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि अध्ययन र विस्तृत अनुसन्धानका लागि सरकारी वकिलले ७ दिनको समय प्रशासनसँग मागेको थियो । तर, सोमबार प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि चार दिनको समय मात्र दिएको थियो । यद्यपि, चौतर्फी विरोध र दबाबपछि दोस्रो दिनमै अभियोग पत्र दायर गरिएको थियो । ‘हाइपर टेन्सन’का कारण समस्या भएको भन्दै प्रहरी नियन्त्रणमा रहेकी गायिका राउत सोमबार साँझ अस्पताल भर्ना भएकी थिइन । चिकित्सकको सल्लाहमा उनलाई ब्लु क्रस अस्पताल, त्रिपुरेश्वर भर्ना गरिएको थियो ।
गायिका आस्था राउत ४ हजार धरौटीमा रिहा(भिडियो सहित)
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।