काभ्रे ।। काभ्रेको पाँचखाल नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । हिजो आयोजित एक कार्यक्रममा पालिकालाई साक्षर घोषणा गरिएको हो । नगरपालिकाभित्रका ९५.७३ प्रतिशत नागरिक साक्षर भएपछि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले साक्षर पालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । जिल्लाको १३ वटा स्थानीय तह मध्ये अब रोशी र चौरी देउराली गाँउपालिका मात्रै साक्षर घोषणा हुन बाँकी छन् । यसअघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका माहाभारत, तेमाल, बेथानचोक, भुम्लु र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् । जिल्लालाई नै माघ २० भित्र पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएपनि सबै पालिका साक्षर नभएकाले पूर्वनिर्धारित योजना पछि धकेलिएको जिल्ला समन्वय समितिका प्रमुख केसीले बताउनुभयो । यसैबीच रोशी गाउँपालिकाले यहि बुधबारभित्र साक्षरता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । पालिकाले १६ वटा माध्यामिक विद्यालय, ४ वटा सामुदायिक सिकाई केन्द्र र सबै बालविकास केन्द्रलाई साक्षरता विवरण पठाउन निर्देशन दिएको हो । ।। रेडियो नमोबुद्ध, काभ्रे काभ्रेको पाँचखाल नगरपालिकालाई साक्षर घोषणा गरिएको छ । हिजो आयोजित एक कार्यक्रममा पालिकालाई साक्षर घोषणा गरिएको हो । नगरपालिकाभित्रका ९५.७३ प्रतिशत नागरिक साक्षर भएपछि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले साक्षर पालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । जिल्लाको १३ वटा स्थानीय तह मध्ये अब रोशी र चौरी देउराली गाँउपालिका मात्रै साक्षर घोषणा हुन बाँकी छन् । यसअघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका माहाभारत, तेमाल, बेथानचोक, भुम्लु र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् । जिल्लालाई नै माघ २० भित्र पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएपनि सबै पालिका साक्षर नभएकाले पूर्वनिर्धारित योजना पछि धकेलिएको जिल्ला समन्वय समितिका प्रमुख केसीले बताउनुभयो । यसैबीच रोशी गाउँपालिकाले यहि बुधबारभित्र साक्षरता विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । पालिकाले १६ वटा माध्यामिक विद्यालय, ४ वटा सामुदायिक सिकाई केन्द्र र सबै बालविकास केन्द्रलाई साक्षरता विवरण पठाउन निर्देशन दिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here