काठमाडौं ।। नेपालस्थित भारतीय दुतावासले आफनो ७१ औँ गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न असपताल तथा गैरमुनाफामुलक संस्था तथा शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस सहयोग गरेको छ ।
भारतको ७१ औँ गणतन्त्र दिवसको अवसरमा नेपालका लागी भारतका कार्यबाहक राजदुत डा. अजय कुमारले विभिन्न संस्थालाई ३० वटा एम्बुलेन्स तथा ६ वटा बस सहयोग गरेको छ । इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए । नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ। दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो।
कार्यबाहक राजदूत अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तकसमेत प्रदान गरे। कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवशरमा भारतीय राष्ट्रपति दिनुभएको शुभकामना सन्देश पढेर सुनाएका हुन्। भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ। विभिन्नज समय र सन्दर्भमा भारतले नेपालका ७७ जिल्लाका विभिन्नक अस्पताल तथा गैर नाफामुलक संस्थाहरूलाई ७ सय ८२ एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here