राैतहट ।। राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् । उनले ४ सय ८८ फरक मतान्तरले विजयी हात पारेका हुन् । राधेश्यामले ५२९२ मतभार प्राप्त गरे । समाजवादी पार्टीका उम्मेदवार रामप्रित पासवानले ४७०४ मतभार प्राप्त गरे ।
त्यस्तै राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छिन् । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।