काठमाडौं ।। विश्वकै लामो कपाल भएकी एक किशोरीले वल्र्ड रेकर्डमा आफनै रेकर्ड तोडेदै गिनिज बुका आफ्नो नाम लेखाएकी छन् । उनी हुन् भारत गुजरातकी १७ वार्षीय नीलान्सी पटेल जसको विश्वमै सबै भन्दा लमो कपाल रहेको छ । यतिबेला उनको कपालको लम्बाई १९० सेन्टिमिटर रहेको छ । १७ वर्षीय पटेलले ११ वर्ष देखि कपाल काटेकी छैनन् । उनी ६ वर्षको हुँदा उनकोकपाल बिग्रिएपछि काटिएको थियो । त्यसपछि उनले आफनो कपाल नकाटने निर्णय लिएकी थिइन । उनको कपाल बढ्ने र सुन्दर हुनुको रहस्य उनकी आमासँग छ । उनी घरमै बनेको तेल मात्र कपालमा लगाउँछिन् । यो तेल उनकी आमाले केही विशेष तत्व मिलाएर बनाउँछिन् ।
गुजरात मोडासाको सायरामा बस्ने उनी १२ कक्षामा पढ्छिन्। नीलांशी सफ्टवेयर इन्जिनियर बन्न चाहन्छिन् ।उनले सुरुमा अर्जेन्टिनी किशोरीको ५ फिट ७ इन्च कपालको रेकर्ड तोडेकी थिइन् । बाहिर निस्किदा मानिसहरु सेल्फी खिच्दा खुसी महसुस हुने उनले बताइन्।
अहिले उनी जहाँ पनि जान्छिन् उनको लामो कपाल देखेर मानिसहरु उनीँग सेल्फी लिन चाहन्छन् । यसबाट उनलाई आफूलाई सेलिब्रेटीको रुपमा देखिन थालेको बताइन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here