काठमाडाैं ।। नेपाली काँग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताबीच नै सहमति खोजिने भएको छ । उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहसँग हिजो बिहान छलफल गर्नुभएको थियो । पार्टी कार्यालय सानेपामा भएको छलफल महाधिवेशनलाई कसरी निश्पक्ष बनाउने भन्नेमा केन्द्रीत भएपनि कुनै सहमति नभएको बैठकमा सहभागी नेता सिटौलाले जानकारी दिनुभयो । पार्टी सभापति देउवाले २०७७ फागुन सात गतेलाई कायम राखेर महाधिवेशनको अन्य कार्यतालिका हेरफेर गर्न तयार रहेको बताइसक्नुभएको छ । पौडेल र सिटौला पक्षको बहिस्कारकाबीच पुष ११ मा बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले एक वर्ष म्याद थप गर्दै १४औं महाधिवेशनको मिति तय गरेको थियो । पौडेल र सिटौला पक्षले भने विधानका विभिन्न धारा निलम्बन गरेकाले महाधिवेशन निश्पक्ष हुनेमा नै शंका गरेका छन् । यस्तै भातृ संगठनका विषयमा पनि कुराकानी भइरहेको नेता सिटौलाले पुष्टि गर्नुभयो । तरुण दलको म्याद छ महिना थप भएपनि चार जना मात्र पदाधिकारी छन् भने नेपाल विद्यार्थी संघमा नयाँ कार्यसमिति गठन गर्न बाँकी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here