काठमाडाैं ।। प्रदेश नम्बर २ बाट सबैभन्दा धेरै बालिकाहरु हराउने गरेको तथ्याङ छ । राष्ट्रियबाल अधिकार परिषदका अनुसार गत आर्थिक बर्षमा प्रदेश नम्बर २ बाट ५ सय १४ जना बालिकाहरु हराएका छन् । त्यसमध्ये २ सय ६६ बालिका फेला परेको भएपनि अझै २ सय ४८ जना बालिकाको पत्तो लागेको छैन । सानैमा हुने विवाह, भागेर भारत जाने, बालश्रमिकको रुपमा काम गर्न सीमा पारि जाने जस्ता समस्याले प्रदेश २ का बालिकाहरु हराउने दर बढेको परिषदले जनाएको छ । प्रदेश २ सरकारले भने बालिका लक्षित कार्यक्रम गरेर बालिका हराउने दर घटाउने प्रयास गरेको बताएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सरकार यसबारेमा गम्भीर रहेको बताउनुभयो । यस्तै, प्रदेश नम्बर १ बाट ४ सय ६ जना बालिका हराएका छन् । प्रदेश नम्बर ३ बाट ४ सय ३०, गण्डकीबाट २ सय ८१ बलिकाहरु हराएका छन् । गत बर्ष कर्णाली प्रदेशबाट सबैभन्दा कम १ सय ८३ बालिका हराएका छन् । हराउने बालबालिका मध्ये बालकको तुलनामा बालिका धेरै रहेका छन् ।
प्रदेश नम्बर २ बाट सबैभन्दा धेरै बालिकाहरु हराउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।