काठमाडाैं ।। सरकारले देशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने भएको छ । ७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँगको छलफलमा कार्यालय स्थापना गर्ने सैद्धान्तिक सहमति भएको मन्त्री गुरुङले बताउनुभयो । कार्यालयले महिला र बालबालिकाको विषयसँगै शिक्षा, स्वास्थ्य लगायतका अन्य सामाजिक विषयमा पनि समन्वय गरेर काम गर्ने गुरुङको भनाइ छ । सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको कार्यक्रमको रुपमा अघि बढाउने गरी सहकार्यका साथ काम गर्न प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै मन्त्री गुरुङले सामाजिक विकास कार्यालय स्थापना भए सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here