काठमाडौं ।। प्रदेश नम्बर ३ सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयका ललितपुरका लेखा अधिकृत घुस सहित पक्राउ परेका छन् । सडक निर्माणको कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की रकम भुक्तानीका लागि ठेकेदारसँग लिएको २२ हजार रुपैयाँ घुससहित लेखा अधिकृत विष्णुहरी पुडासैनी रकमसहित पक्राउ परेका छन् । लेखा अधिकृत पुडासैनीलाई घुस रकम लिइसकेको अवस्थामा ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
घुससहित पक्राउ परेका पुडासैनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here