काठमाडाैं ।। प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौंडा टुङ्ग्याउन आज प्रदेशसभामा मतदान हुँदैछ । बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएकाे प्रदेश संसद सचिवालयले जनाएको छ । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा हिजो प्रदेशसभामा प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्नुपर्ने प्रस्ताव सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी काँग्रेस लगायत ६ दलले दर्ता गरेका थिए । प्रदेशको राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ । प्रदेशको नाम बाग्मती मात्र प्रदेशसभामा दर्ता भएपनि स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले विपक्षमा मतदान गर्ने बताएपछि प्रदेशको नामकरण सर्वसम्मत नहुने देखिएको हो । प्रदेशको राजधानी हेटौंडा राख्ने प्रस्ताव नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभएको थियो । प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाका रिता माझी, राप्रपा संयुक्तका रिना गुरुङले समर्थन जनाउनुभएको थियो । प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव कांँग्रेस संसदीय दलका नेता बानियाँले गर्नुभएको थियो । प्रस्तावमा नेकपा मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाका रिता माझी, राप्रपा संयुक्तका रिना गुरुङ, विवेकशील नेपाली दलका रमेश पौडेल र साझा पार्टीका शोभा शाक्यले समर्थन गरेका थिए । दुवै प्रस्तावमा नेमकिपाले समर्थन जनाएपनि प्रस्ताव दर्ता प्रक्रियामा भने सहभागी भएन ।
प्रदेश ३ को राजधानी र नामका लागि मतदान हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।