काठमाडाैं ।। हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेका कारण चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली अझै केहीदिन सक्रिय रहनेछ । हाल देशका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी स्थानहरुमा सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमालीका अधिकांश भूभागमा हिमपात भइरहेको छ । काठमाडौं उपत्यकामा पनि अहिले हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ । आज राति देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमका भूभागमा आंशिक बदलि रही पश्चिमका एक÷दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ । देशका मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकोले, यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनुका साथै यात्रा गर्दा सावधानी अपनाउनु महाशाखाले सबैमा अनुरोध गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here