काठमाण्डाैं ।। सरकारले नेपालमा उपलब्ध जनशक्तिको सीप एवम् क्षमता र श्रम बजारमा आवश्यक जनशक्तिबीच तालमेल मिलाउने उद्देश्यले श्रमिक बैंक स्थापना गर्ने भएको छ । त्यसका लागि प्रक्रिया समेत अघि बढाईएको छ । कालिकोटको रास्कोट नगरपालिकाले गतवर्ष स्थापना गरेको श्रम रोजगार बैंकबाट २ सय ७० जनाले रोजगारी पाईसकेका छन् । स्थानीय तहको अभ्यास सकरात्मक देखिएपछि संघीय सरकार पनि श्रमिक बैंक स्थापना गर्ने तयारीमा जुटेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले बताउनुभयो । श्रमिक बैंकमा देशभरका विभिन्न क्षेत्रका श्रमिक जोड्ने एउटा प्रणालीको विकास गरिनेछ । त्यो प्रणालीमा रोजगारदाता पनि जोडिनेछन् । श्रमिक बैंकमा आबद्ध श्रमिकलाई देश भित्र मात्रै नभएर देश बाहिर पनि रोजगारीको अवसर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीको भनाइ छ । श्रमिक बैंकमा जोडिएकाहरुलाई सरकारले आवश्यकता अनुसारको तालिम तथा प्रशिक्षण दिनेछ । त्यसका लागि सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने सरकारको योजना छ । तालिम पाएकालाई प्रमाणपत्र समेत उपलब्ध गराएर बर्गिकरण गरिने र श्रमिक माग भएको ठाउँमा पठाइने छ । श्रम तथा बैदेशिक रोजगार क्षेत्रका विज्ञ पनि नीजि क्षेत्रलाई समेट्न सके श्रमिक बैंक प्रभावकारी हुने डाक्टर गणेश गुरुङको भनाई छ । तथ्याङ्क अनुसार ४० लाख नेपाली युवा बैदेशिक रोजगारीमा पुगेका छन् । हरेक वर्ष पाँच लाख युवा नेपाली श्रम बजारमा आउने गरेको पनि सरकारी तथ्याङ्कले देखाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here