बाजुरा ।। बाजुराको हिमाली गाउँपालिका ७ बाधुको कालापहडा भिरबाट खसेर भएको दुर्घटनाका मृतकको शव तीनदिनसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । गत १७ गते कालापहडा भिर बाट कर्णाली नदिमा जिप खस्दा ४ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका थिए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा शवको पोष्टमार्टम हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाटले जानकारी दिनुभयो । जिल्ला अस्पताल बाजुराबाट डाक्टर राजुराज जोशीको टोली पोष्र्टमाटमका लागि हिजो बिहानै हिडेको थियो तर भारी हिमपातका कारण बाटोमै रोकियो । तीन दिनसम्म पनि पोष्टमार्टम हुन नसकेको शव कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अलपत्र छ । आफन्तले दासँस्कार समेत गर्न पाएका छैनन् । सदरमुकाम मार्तडीबाट कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुग्न एक दिन लाग्छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र दुई महिनादेखि चिकित्सक बिहिन छ । सुदूरका नागरिकले बाचुन्जेल त भनेजस्तो उपचार पाउँदैनन् नै मृत्यु पछि पनि समयमै शव पोष्टमार्टम हुन सकेको छैन ।
स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा तीन दिनकाे शव पोष्टमार्टम हुन सकेन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।