काठमाण्डाैं ।। नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ भएको छ । दशरथ रंगशालामा हिजो आयोजित विशेष समारोहमा राष्ट्रिय गान, विभिन्न देशका प्रतिनिधि, उच्च पदस्थ व्यक्ति, विभिन्न भाषाभाषी र सांस्कृतिक भाँकी प्रस्तुत गरिएको थियो । समाहरोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटनको नयाँ क्ष्तििज उघारिएको भन्दै विश्वका नागरिकलाई नेपाल आउन आग्रह गर्नुभयो । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आधुनिक दियो बालेर नेपाल भ्रमण वर्ष २०२० को सुभारम्भ गर्नुभयो । भ्रमण वर्षको ‘यति मस्कट’ को सार्वजनिक भएलगत्तै सातवटै प्रदेशका मुख्यमन्त्रीले आफ्नो प्रदेशको महत्व समावेश भ्रमणका लागि आव्हान गरिएको भिडियो प्रस्तुत गरिएको थियो । यसअघिका भ्रमण वर्ष सन् १९९८ मा पहिलोपटक पाँच लाख र सन् २०११ मा दोस्रोपटक १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएपनि यसपटक भने २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । भ्रमण वर्षको सातै प्रदेशबाट पनि हिजै शुभारम्भ गरिएको छ । भ्रमण वर्ष सफल बनाउनका लागि सरकारले सय गन्तव्यपनि घोषणा गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here