काठमाडाैं ।। संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितले उखु किसानलाई पैसा दिलाउन सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न पनि समितिले आग्रह गरेको छ । मिलले पैसा नदिएको भन्दै उखु किसान आन्दोलन गर्न काठमाडौं आएका थिए । उनीहरु आज संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा सुनाए । बैठकमा उपस्थित कृषिमन्त्री घनश्याम भुसालले भने अन्नपूर्ण सुगरमिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया भागेको बताउनुभयो । अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई तिर्नुपर्ने छ । वीरेन्द्र कनौडिय नेपाली काँग्रेसबाट प्रदेश दुइका प्रदेशसभा सदस्य पनि हुनुहुन्छ । समितिले भने जसरी पनि किसानलाई पैसा दिलाउन र नदिने उद्योगलाई काबारही गर्न निर्देशन दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here