काठमाडौं ।। झारखण्ड मुक्ति मोर्चा(झामुमो)का नेता हेमन्त सोरेन झारखण्डको मुख्यमन्त्री बनेका छन् । सोरेनलाई राज्यपाल द्रौपदी मुर्मुले आइतबार राज्यको ११ औँ मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ गराएकी हुन् । राँचीको मोरहावादी मैदानमा सोरनका साथै आलमगीर आलम, रामेश्वर उरांव र सत्यानन्द झोक्ताले मन्त्री पदको सपथ लिएका छन्। झारखण्डका राज्यपाल द्रौपदी मुर्मुले उनलाई राज्यको ११ औँ मुख्यमन्त्रीको रुपमा शपथ दिलाएकी छन्। सपथ ग्रहण समारोहमा भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, असमका पूर्व मुख्यमन्त्री तरुण गोगाई, विहारका पूर्व मुख्यमन्त्री जीतन राम माझी, माक्सवादी कम्युनिष्ट पार्टीका नेता सिताराम येचुरी लगायतका नेताहरु उपस्थित भएका छन्। हेमन्त सोरेनले दोस्रो पटक मुख्यमन्त्री पदको शपथ लिएका हुन्। यसअघि हेमन्तले सन् २०१३ जुलाईमा मुख्यमन्त्री पदको शपथ लिएका थिए। उनले अन्य दलहरुसँग मिलेर त्यतिवेला एक वर्ष ५ महिना १५ दिन सरकार चलाएका थिए। उनका बुवासमेत तीन पटक मुख्यमन्त्री बनेका थिए। तर उनी तीन कार्यकालमा केवल १० महिना पाँच दिन मात्र मुख्यमन्त्रीको कुर्सीमा बसे।
कांग्रेस र झामुमोबीच सहमति बन्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन भने केही दिन लाग्ने बताइएको छ। आगामी जनवरी १५ पछि मन्त्रिमण्डलले पूर्णता पाउनेछ।
८१ सदस्यीय झारखण्ड विधानसभामा यो गठबन्धनले ४७ स्थानमा जितेको थियो । जसमध्ये झामुमोको ३०, कांग्रेसको १६ र राजदको एक सीट छ ।
जसमध्ये झारखण्ड मुक्ति मोर्चाले ३०, कांग्रेसले १६, आरजेडीले १ सीट जितेको थियो। चुनावमा भारतीय जनता पार्टी ९भाजपा०ले २५ सिट जितेको थियो।
हेमन्त सोरेन बने झारखण्डकाे ११ औँ मुख्यमन्त्री
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।