राैतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ३ तेजपाकड़मा रहेको आधारभूत विद्यालयका प्राध्यानध्यापक माधव प्रसाद यादवले लखौ रकम अनियमिता गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आरोप लगाएका छन ।
व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर विद्यालयको रकम हिनामिन्हा गरेको आरोप लगाएको हो । व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद पटेलले प्राध्यानध्यापक यादवले विद्यालयको आर्थिक अनियमिता गर्नुको साथै शैक्षिक अवस्था ध्वस्त समेत बनाएको आरोप लगाए ।
विद्यालयमा अध्यनरत विद्यार्थीहरुको तीन आर्थिक वर्षको छात्रवृति वितरण नगरेको बताए । अध्यक्ष पटेलका अनुसार १ आर्थिक वर्षको रकम विद्यालयको खातामा रहेको छ भने एक आर्थिक वर्षको रकम वितरण गर्ने भन्दै रहेको तथा एक आर्थिक वर्षको रकम निजी प्रयोजनमा खर्च गरेको छ । स्थानीय अभिभावक तथा व्यवस्थापन समितिका सदस्य विशेष पासवानले प्राध्यानध्यापक यादवले विद्यालयको पूर्व प्राध्यानध्यापक मिश्रीलाल ठाकुरले दिएको ३ लाख ५८ हजार रकम समेत भ्रस्टाचार गरेको दावी गरेका छन ।
उनले विद्यालयको १४ वटा कोठामा सञ्चालन रहेको पसलको भाड़ा विगत ५ वर्ष देखिको ३५ हजार , काठ विक्री भएको ४५ हजार , खपड़ा विक्रीको ३६ हजार ,शौचालय निर्माणको लागि आएको ६ लाख सहित करीव १० लाख ७४ हजार रकमको अनियमिता भएको बताए ।
राजदेवी नगर पालिका वड़ा नम्बर ७ निवासी रहेका प्राध्यानध्यापक यादवले १७ दिन देखि विद्यालय नआएको , हिसाव किताब माग्दा नदिएको , पाठ्य पुस्तक खरीद गरेको ५० सेट र विल १०० सेटको विल बनाएर रकम निकालेका छन । विद्यालयका छात्र छात्राको लागि आएको छात्रवृतिको रकम समेत भ्रस्टाचार गरेको उनीहरुको आरोप रहेको छ ।
प्राध्यानध्यापक यादवले विद्यालय व्यवस्थापन समिति रहे सम्म हिसाव किताब नदिने भन्दै आएको पासवानले जनाए । पासवानले अनियमितामा संलग्न रहेका प्राध्यानध्यापक यादवलाइ नगरपालिकाका मेयरले नै संरक्षण गर्दै आएको दावी गरेका छ ।
दलित बालबालिकाको प्रोत्साहन भत्ता समेत वितरण गरिएको छैन । प्राध्यानध्यापक यादव संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।
Home प्रदेश समाचार मधेश प्रदेश तेजपाकड़को आधारभूत विद्यालयका प्राध्यानध्यापक माधव प्रसाद यादवले गरे लखौ रकम अनियमिता
तेजपाकड़को आधारभूत विद्यालयका प्राध्यानध्यापक माधव प्रसाद यादवले गरे लखौ रकम अनियमिता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।