रौतहट ।। देव बचत तथा ऋण सहकारी सस्था लिमिटेड गौर ३ को ७ औ वार्षिक साधारण सभा बुधवार गौर स्थित रौतहट उद्योग बाणिज्य संघको सभाहलमाँ संपन्न भएको छ ! लालबिहारी साहको सभापतित्वमा भएको सो कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले सहकारीको विकास नभए सम्म सामाजिक विकास संभव नरहेको बताउनु भएको छ ! उहाले सामाजिक आर्थिक विकासको लागि सहकारीको विकास महत्वपूर्ण भएको जोड़ दिनुभएको हो ! प्रमुख आतिथिको आसन्नबाट सम्वोधन गर्दै महिलाहरुको जागरूकता सहभागिताले सामाजिक परिवार्ता भैरहेको आभास भएको उल्लेख गरे ! मेयर गुप्ताले सहकारिको माध्यमबाट नै सामाजिक विकास संभव रहेकोले समृद्ध नेपाल सुखी नेपाली अभियान पूरा गर्न सहकारीको विकास गर्नु पर्ने धरना राखे ! सहकारी सस्थामा गरीव , आर्थिक अवस्था कमजोर भएका परिवारहरु जोडिएकोले ऋण प्रवाहको प्रक्रिया सहज बनाउन संचालकहरुलाई आग्रह गरे ! ऋण लिन क़ानूनी प्रक्रिया जटिल रहेकोले ऋण लिन समस्या भैरहेको उहाको भनाइ रहेको छ ! कर्जा प्रवाह गर्ने वित्तीय सस्था बैंक हरु बढ़ी भए पनि बैंकबाट कर्जा लिन सवै व्यक्ति सक्षम हुने अवस्था नरहेकोले सहकारी सस्था मार्फत ऋण लिन सजिलो हुनु पर्ने वातावरण बनाऊन आग्रह गरे ! मेयर गुप्ताले सामाजिक कार्यमा लगानी गर्नु पर्ने योजना बनाउन आग्रह गरे ! चिसो , पीड़ित , बाढ़ि पीड़ित , दैविक प्रकोपमा परेकाहरुलाई सहयोग गर्न छूटै कोष खड़ा गर्न समेत सुझाव दिए ! प्रमुख गुप्ताले सहकारी सस्थाहरुले जनताको विस्वास जित्नु पर्ने कार्य गर्नु पर्ने जोड़ दिदै सहकारीको विकासको लागि गौर नगरपालिका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ! सहकारीमा लगानी गर्दा आफ्नो लगानी सुरक्षित छ छैन भनी निगरानी गर्नु पर्ने सवै शेयर बचत कर्ताहरुलाई सुझाव दिएका छन ! कार्यक्रममा साझेदारी बन समितिका अध्यक्ष रामचन्द्र गिरीले सहकारीको विकास भए आर्थिक विकास हुने दावी गरे ! रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडित जैसवालले बचतको माध्यम सहकारी रहेको बताए ! कर दाता सेवा केन्द्र गौरका प्रमुख रोविन साहले शेयर सदस्यहरुले पान नम्बर लिनु पर्ने सुझाव दिदै गरीवी न्यूनीकरण र दिगो विकासको लागि सहकारी नै आवश्यक भएको बताए ! नव विकास बचत तथा ऋण सहकारी सस्था चपुरका देव बहादुर सापकोटाले आसोज मसान्त भित्रमा बार्षिक साधारण सभा गर्नु पर्ने सुझाव दिए ! संकल्प बचत तथा ऋण सहकारी सस्था लिमिटेड चपुरका अध्यक्ष वइगु पोखरेल , देव बचत तथा ऋण सहकारी लिमिटेडका बरिष्ठ उपाध्यक्ष अवध विहारी सिंह लगायतका वक्ताहरुले आ आफ्नो मंतव्य व्यक्त गरेका थिए ! साधारण सभामा सस्थाका कोषाध्यक्षले आर्थिक कारोबार को विबरण प्रस्तुत गरेका थिए ! सस्थाले ५ करोड़ ९१ लाख ११ हजार ९ सय ४० रुपैया लगानी गरेर ८ लाख १६ हजार ८ सय ७८ रुपैया नाफा गरेको छ ! कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई मायाको चाइनो प्रदान गारी सम्मानित गरिएको थियो !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here