काठमाडौं ।। अमेरिकाले पाकिस्तानलाई धार्मिक स्वतन्त्राको हिसाबले फेरि कालो सूचीमा राखेको छ । यसलाई पकिस्तान भने गुनासो गरेका छन् । जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ । भने पाकिस्तानले अमेरिकाको यस कदम प्रति कडा आपति जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आयसा फरुकीका अनुसार अल्पसंख्यकलाई पीडामा पारे पनि भारतलाई सो सूचीमा अमेरिकाले नराखेको जनाइन् । ुअमेरिकी यो कदम यथार्थतासँग मेल खाँदैन । भारतमा अल्पसंख्यकलाई प्रताडित गरिन्छ, तर भारतलाई अमेरिकाले सूचीमा राखेको छैन । पूरे प्रक्रिया एकतर्फी र भेदभावपूर्ण छु, उनले एक विज्ञप्ती जारी गर्दै भनेकी छिन्। अमेरिकाको यो सूचि नै अविश्वासनीय रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोस्पियोले १८ डिसेम्बर २०१९ मा सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिट्रिया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि परेका छन् । यी दशहरुलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता कानूनअनुसार कालो सूचीमा राखिएको हो यसपटक सुडान भने कालो सूचीमा परेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here