एजेन्सी ।। बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘छापक’ रिलिज हुनु दुई सता अघि विवादमा आएको छ । लेखक राकेश भारतीले फिल्मको कहनी चोरी गरेको आरोप लगाउँदै मुम्बईको उच्च अदालतमा मुद्दता दर्ता गरेका छन् ।
लेखक भारतीका अनुसार एसिड आक्रमणमा परेकी पीडितको कहानीमा फिल्मको कथा आफले लेखेका हुन् र त्यो कहानीमा फिल्म पनि बनेको छ । उनले फिल्म लेखेका रुपमा क्रेडिस दिइयोस्भन्दै आग्रह पनि गरेका छन् ।
सन् २०१५ मा उनले इन्डियन मोसन पिक्चर्स प्रोड्युसर्स असोसिएशन ९आईएमपीपीए०मा दर्ता गरेको बताएका छन्। यसमा ‘ब्ल्याक डे’ नामबाट फिल्म बनाउने सोचेको उनको भनाइ छ।
यसको स्क्रिप्टमा काम गरिरहेका उनले बताएका छन्। यसका लागि केही कलाकार र फक्स स्टार स्टुडियोसँग समेत अप्रोच गरेको उनको जिकिर छ। ‘विशेष परिस्थितिका कारण प्रोजेक्ट सुरू हुन सकेन। फक्स स्टार स्टुडियोलाई पनि आईडिया सुनाएको थिएँ, जसमा छपाक बनेको छ,’ उनले भने।
भारतीका वकिल अशोक सरोगीका अनुसार यसबारे निर्मातालाई पनि जानकारी दिएको थियो। तर, कुनै जबाफ नआएपछि अदालतको ढोका ढकढकाउनुपरेको उनको बताए। अदालतमा २७ डिसेम्बरमा यसको सुनुवाइ हुँदै छ।
यो फिल्म १० जनवरीमा रिलिज हुन लागेको छ। यो फिल्म एसिड आक्रमणमा परेकी दिल्लीकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेको छ।
बलिउड अभिनेत्री दीपिकाकाे चलचित्र‘छपाक’लाई चोरीको आरोप
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।