काठमाडाैं ।। अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ । प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले संस्थामा आत्मविश्वास पुनस्थापित गर्न आवश्यक कदम भनेका छन् । निकै विक्री हुने गरेका बोइङ कम्पनीको ७ सय ३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गमाथि दवाव परेको थियो । ग्राहकसम्म विमान पु¥याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षा भन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।