काठमाडाैं ।। साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको सरकारी अभियोजनकर्ताले बताएका छन्।

सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो।

साउदी अरेबियाले सुरुमा संलग्नता अस्वीकार गरेपनि ठूलो अन्तर्राष्ट्रिय दबाबपछि खशोग्जीको हत्यामा सत्तारुढ राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै हत्या ‘छाडा एजेन्टहरूले गरेको’ आरोप लगाएको थियो।

संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका थियो।

को हुन् जमाल खशोग्जी?

उनी एक चर्चित पत्रकार हुन्, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे।

तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।

श्रोत ः बीबीसी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here