काठमाडाैं ।। प्रमुख दहरुका संसदीय दलका बैठक बस्दैछन । संसदको कार्यसचीमा आफ्नो भूमिका , सभामुख चयन लगायतका विषयमा छलफल गर्न दलहरुले संसदीय दलको बैठक बोलाएका हुन । नेकपाले दिउँसो १ बजे बैठक बोलाइएको छ । बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कोअपरेसन एमसीसीबीच भएको सन्धी सम्झौता कार्यान्वयन र सभामुख चयनका विषयमा कुराकानी हुनेछ । काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । नेकपाभित्रै विवाद भइरहेका बेला सम्झौता कार्यान्वयनका लागि संसदमा आवाज उठाउने नेपाली काँग्रेसले निर्णय गरेको हो । आज त्यस विषयमा थप छलफल हुनेछ । सत्तारुढ दल नेकपाभित्र एमसीसीका विषयमा वादप्रतिवाद चलिरहेका बेला काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले एमसीसी कार्यान्वयनका लागि संसदमा आवाज उठाउने निर्णय भएको जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।