रौतहट ।। रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजको यो वर्षको क्रसिङ सिजन शुरु भएको छ । गत क्रसिङ सिजन २०७५÷०७६ मा इन्डस्ट्रिजले करिब ४ लाख उखु क्रसिङ गरेको थियो । पहिलो क्रसिङ सिजनको उखु कृषकको भुक्तानी गरिसकेको र केही कृषकहरुको बक्यौता रकम बाकी रहेको इन्डस्ट्रिजका सञ्चालक बैजु बाबराले बताउनुभयो । उखु किसानले समयमा बैंक खाता नखोलेका कारण भुक्तानी गर्न ढिलाई भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६÷०७७ मा करिब २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको छ । चिनी मिलको क्रसिङ सिजन शुरुभएसँगै स्थानीय उखु किसान खुसी भएका छन् । जिल्लाको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्सले किसानको रकम नदिएपछि किसानहरु चिन्तित बनेका छन् । श्रीराम सुगर मिलसंग कारोबार गरेका किसानहरुले उद्योगमन्त्री समक्ष गुनासो राखेपनि त्यसको सुनुवाई हुन सकेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here